“देशभर वर्षाको सम्भावना”

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छविभागका अनुसार आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको र विशेषगरी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।