सुडान शिविरमा विद्रोही आक्रमण, ४ सयभन्दा बढीको मृत्यु

अल–फशर —सुडानको विद्रोही समूहले एक शरणार्थी शिविरमा आक्रमण गर्दा ४ सय भन्दा धेरैको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले विश्वासिलो सुत्रलाई उदृत गर्दै उक्त दाबी गरेको छ ।
यूएनका अनुसार उक्त आक्रमण सुडानमा सक्रिय विद्रोही गुट र्‍यापिट सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो ।

गत साता मात्रै आरएसएफले अल–फशर सहर नजिक रहेका शरणार्थीको शिविरमा स्थलमार्ग र हवाई आक्रमण गरेको थियो ।
सुडानमा विद्रोही गुट आरएसएफ र सुडानको सेनाबीच दारफूरमा कब्जाका लागि युद्ध जारी छ । दुवैबीच २०२३ अप्रिलमा सत्तालाई लिएर रक्तपातपूर्ण संघर्ष चलिरहेको छ ।