भक्तपुरको मुलपानी क्षेत्रमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित भएको छ ।

मुलपानीमा अहिले वर्षा रोकिएको छ, यद्यपी मैदानमा धेरै मात्रामा पानी जम्मा भएकाले विस्तारै कभर हटाएर पानी निकासा गर्ने काम सुरु गरिँदै छ । अब वर्षा नभएमा र मैदान सुकाउन सकिएमा २० ओभरको मात्र भएपनि खेल सुरु हुने सम्भावना जीवितै छ ।