स्वयम्भूमा बौद्धमार्गीहरूको भीडभाड

काठमाडौं : आज दुई हजार ५६९औँ बुद्धजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा,विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै छ । यसै अवसरमा स्वयम्भू  विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको छ । बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ