सुनको मूल्यमा ठूलो गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आइतबारको तुलनामा आज तोलामा रु ३ हजार ७०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ ।

आइतबार प्रतितोला सुन रु एक लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९७० मा खरिदबिक्री भएको थियो ।