प्रथम गण्डकी लाेक ताराकाे उपाधी बागलुङका प्रेम बिकलाई
केपि कुमार जलन/ बागलुङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को उपाधी बागलुङका प्रेम बिकले गण्डकी लाेक ताराकाे उपाधी उचालेका छन ।
विश्व संगित दिवसकाे अवसर पारेर राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले अायाेजना गरेकाे गण्डकी लाेक ताराकाे गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद माननिय मन्त्री बिन्दु कुमार थापाले उद्वघाटन गरेका थिय ।
९ वटा जिल्लाहरू बाट छनाैट भएका १८ जना प्रतिष्पर्धीहरू बिच ग्रेण्ड फाईनल पाेखरा उधाेग बाणिज्य संघकाे सभाहलमा सम्पन्न भएकाे थियाे ।
निकै कडा प्रतिष्पर्धा काे बिच सम्पन्न भएकाे फाईनल प्रतियाेगितामा दितृय स्याङजाकी शिला गुरूङ, तितृय बिजय परियार म्याग्दी , र शान्तवना दिलिप मानन्धर र उत्कृष्ट अावज गाेरखाका पवन सिंह परियारले हाता परेका छन ।
बागलुङकाे प्रतिनिधित्व गर्दे प्रतियाेगितामा प्रथम हुने बागलुङका प्रेम बिकले नगद रू ५१ हजार १ सय ११ रूपेैया , सम्मान पत्र , ट्रफी सहित निशुल्क अडियाे रेकर्ड गर्न पाउने भएका छन ।
यस्तै दितृय हुने शिला गुरूङले ३१ हजार १ सय ११ सम्मान पत्र र निशुल्क अडियाे रेकर्ड गर्न पाउने भएकि छिन,तितृय हुने म्याग्दिका बिजय परियारले नगद २१ हजार १ सय ११ सम्मान पत्र र निशुल्क अडियाे रेकर्ड गर्न पाउने भएका छन ।
कार्यक्रम प्रतिष्ठान गण्डकी का अध्यक्ष राजन कार्किकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे संचालन रामजि पाैडेलले गरेका थिय ।