यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’पुर्व राजदुत पदम सुन्दास लाई ।

काठमाडौ -मानव अधिकार तथा शान्ति समाजले यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै पूर्व राजदूत सुन्दासलाईप्रदान गरेको हो ।

शान्ति समाजले  शितल निवासस्थित राष्ट्रपति कार्यालयमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको थियो l  ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याए बापत समता फाउन्डेसनका पूर्व अध्यक्ष तथा बहराइनका लागि नेपालको पूर्व राजदूत सुन्दासलाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।

२००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका सुन्दास विगत तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो ।

सुन्दासले २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका समेत निर्वाह गर्नुभएको थियो । सुन्दास लेखक तथा चिन्तक व्यक्तित्व समेत हुनुहुन्छ l