सेतिमादी सांगितिक कार्यक्रममा गायिका सिम्रन परियार दक्षिण काेरीया जाँदै

सेतिमादी सांगितिक कार्यक्रममा गायिका सिम्रन परियार दक्षिण काेरीया जाँदै
केपि कुमार जलन

नेपाली कला, संस्कृति र मौलिकताको प्रवर्द्धन गर्दै आपसी सद्भाव, एकता र भेटघाटको अनुपम अवसरका रूपमा
लिएकाे ऐतिहासिक कार्यक्रम काेरियन नयाँ वर्षमा नेपालबाट थुप्रै चर्चित कलाकारकाे साथमा गायिका सिम्रन परियार दक्षिण काेरिया जाने भएकी छिन।
“आपसी सहयोग, सद्भाव र एकता, हामी प्रवासीको आवश्यकता” भन्ने मूल नाराका साथ कोरियन नयाँ वर्ष सलनाल २०२६ को पावन अवसरमा तनहुँ समाज दक्षिण कोरियाले आयोजना गरेकाे “सेती–मादी सांगीतिक सौगात भाग–२”कार्यक्रममा
बहुचर्चित गायक दुर्गेश थापा,( दुश्मन हेरेको हेर्यै)
सुमधुर स्वरकी धनी लोकप्रिय गायिका सिमरान परियार,(पानी परेको तिम्रो याद आयो र बेसी झरेको )
The Voice of Nepal मा टिम उदय बाट उदाएका प्रतिभाशाली गायक प्रदिप राई,
The Voice of Nepal मा टिम राजु बाट उदाएकी उदयमान गायिका योजना राई
ज्यूहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ।