कलाकार सागर लम्साल बले बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार ‘बले’ भनिने सागर लम्साल पक्राउ परेका छन्। उनलाई बलात्कार आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

लम्साललाई प्रहरीले बुढानिकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउको पुष्टि परिसरका एसपी पवन भट्टराईले गरेका हुन्। गम्भीर आरोप लागेका लम्साललाई अनुसन्धानका लागि निन्त्रणमा लिइएको एसपी भट्टराईले बताए।

हाल अमेरिकामा रहेकी एक युवतीले बलेले बलात्कार गरेको आरोप लगाउँदै घटना गत बिहीबार फेसबुकबाट सार्वजनिक गरेकी थिइन।