लालीबजार चलचित्रको ट्रेलर सार्वजनिक भए सङै बिवादमा,वादी समुदायको चरीत्र हत्या गरेको आरोप

काठमाडौ -नेपाली कथानक चलचित्र लालीबजारको ट्रेेलर सार्वजनिक भए सङै बिवादमा परेको छ।रास्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मा  समक्ष वादी समुदाय का युवा हरु ले ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराएका छन।

अल्पसंख्यक रहेको उत्पीडित दलित वादी समुदाय बाट नेपालको पहिलो मन्त्री बन्न सफल सीता वादी त्यो पनि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मन्त्रालय को जिम्मेवारी पद लिएको एक महिना नबित्दै एक नया नेपाली कथानक चलचित्र लालीबजार को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।जसमा वादी समुदायका बालबालिका तथा महिला दुवैको हदै सम्म मर्माहत हुने गरि  चाेट पुगेकाे छ।

मे महिनाकाे शुरूमै सिनेमा पर्दामा प्रदर्शन मा आउने भनिएको छ।येसै सन्दर्भमा वादी समुदायको एक युवा समूहले आज नै रास्ट्रिय दलित आयोगमा गै आयोगका अध्यक्ष देवराज बिश्वकर्मा समक्ष उक्त चलचित्र वादी समुदायका सरोकारवाला प्रतिनिधिहरुले दर्सन गरि उनीहरुको आत्मसम्मान मा घात नहुने गरि उक्त चलचित्र प्रस्तुत नभए सम्म ट्रेलर प्रचारप्रसार एब चलचित्र प्रदर्शन रोक्का गरियोस भन्ने माग राखेको कुरा उक्त समुदाय का अगुवा बुद्धिजीवी गोपाल नेपाली भन्छन।

मुख्य सवाल के हो भने जब येस प्रकारको कथानक चलचित्र छायांकन बर्दिया को राजापुर जस्तो वास्तविक उत्पीडन भइरहने घटना स्थालमा छायांकन हुन्छ एक वास्तविक गाउँ नै चलचित्रको नाम पनि हुन्छ र लैङ्िगक तथा एकदमै लघु सङ्ख्याक कथामा आधारित हुन्छ अझै भनिन्छ “सत्य कथामा आधारित चलचित्र “त्यसले ब्यक्तिगत तथा सामुदायिक गोपनियताको घेरा नाघ्छ  जो स्विकार्य हुदैन भत्सर्ना गर्न योग्य हुन्छ र सामाजिक अपराध को घेरा भित्र प्रवेश गर्छ।उक्त चलचित्र ले यस अर्थमा जातीय तथा अन्य सामाजिक छुवाछूत भेदभाव( कसुर र सजाय) ऐन  २०६८ अन्तर्गतको कानुनी  कार्वाही को घेरामा पर्न जान सक्छ।

अर्को मुख्य सवाल- “अल्पसंख्यक समुदाय सम्बन्धि संबेदनसिल बिसयमा कुनै प्रकारको भास्य प्रस्तुत गर्ने हक सोही समुदायलाई मात्र हुने २१औ शताब्दी को विश्व मान्यता छ, समुदायलाई प्रतिकुल हुने भाश्य निर्माण अरु कसैले गर्नु हुंदैन”, नेपाल दलित इन्फोका अन्तरास्ट्रिय सन्योजक डा . द्रोण प्रकाश रसाली भन्नू हुन्छ।