खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
नयाँ दरअनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिवटा सिलिण्डर २ हजार १ सय ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ। यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० रुपैयाँ तथा आधा सिलिण्डरको मूल्य १ हजार ५ रुपैयाँ कायम रहेको थियो।


















