के सुकुम्बासी गरिब यो देशका नागरिक होइनन दोस्रो दर्जाका नागरिक हुन?गरिब हुनु पाप होइन तर राज्यको ब्याबहारले गरिबिलाइ अपराध जस्तो बनाइ दिएको छ।
जेन्जी अभियन्त डा:जगत बि क भन्छन सहर सुन्दर ब्याबस्थित बनाउने नाममा येदि कमजोर र निमुखा जनता लाई घरबार बिहिन बनाइ सडक मा ल्याइन्छ भने त्यो बिकास होइन निर्मम सत्ता प्रदर्शन हो।सत्तामा बसेर कानुनको कुरा गर्न सजिलो छ तर त्यो कानुन कसको लागि लागू हुन्छ ?धनिको लागि संरक्षण र गरिबका लागि दण्ड येहि हो अहिलेको यथार्थ ।
सुकुम्बासीहरुलाइ समस्या भनेर हटाउनु भन्दा उनीहरुको समस्या समाधान गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ उनी भन्छन तर यहाँ तेस्को बिपरित पीडितलाई नै दोषी बनाइदैछ।
लोकतन्त्र केबल चुनाब जित्नु होइन जनताको पिडा बुझेर न्याय गर्नु हो।येदि शासनले गरिबको आँसु देख्दैन भने त्यो शासन जनताको होइन अहंकारको शासन हो।उनले भने आज सुकुम्बासी हटाइन्छ भाेलि सायद मध्यम वर्ग पनि निशानामा पर्नेछ किनकी अन्याय जब सामान्य बन्छ त्यसको सिमा हुदैन।

















