रूपन्देही अडिसनमा सर्वोत्कृष्ट बन्दै प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि छनोट भइन् बसन्ता खनाल

केपि कुमार जलन

नेपाली लोक संगीत क्षेत्रको प्रतिष्ठित गायन प्रतियोगिता प्रथम लुम्बिनी लोक तारा–२०८३ अन्तर्गत सम्पन्न रूपन्देही जिल्ला अडिसनमा प्रतिभाशाली गायिका बसन्ता खनाल सर्वोत्कृष्ट घोषित भएकी छन्। अडिसनमा सहभागी १० जना प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रदेशस्तरीय प्रतियोगिताका लागि आफ्नो स्थान सुरक्षित गरेकी हुन्।

प्रमाणपत्र ग्रहण गर्दै खनालले आफूलाई दिएको अवसर र विश्वासप्रति आयोजक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरिन्। उनको सुमधुर स्वर, आत्मविश्वासी प्रस्तुति र लोक संगीतप्रतिको समर्पणले निर्णायकहरूको मन जित्न सफल भएको बताइएको छ।

रूपन्देही अडिसनबाट सर्वोत्कृष्ट बन्दै अर्को चरणमा प्रवेश गरेकी बसन्ता खनाललाई परिवार, आफन्त, शुभेच्छुक, संगीतप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। उनको यो सफलताले लोक संगीत क्षेत्रमा नयाँ सम्भावना र उत्साह थपेको छ।

नेपाली लोक संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रथम लुम्बिनी लोक तारा–२०८३ मा बसन्ता खनालले आगामी चरणहरूमा पनि उत्कृष्ट प्रस्तुति दिँदै अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।

रूपन्देही जिल्ला अडिसनबाट छनोट हुन सफल बसन्ता खनाललाई हार्दिक बधाई तथा प्रदेशस्तरीय प्रतियोगिताका लागि सफलताको शुभकामना व्यक्त गरिएको छ।