‘बज्रयोगिनी साहसी दलित महिला सम्मान’ बाट माया नेपाली सम्मानित

केपि कुमार जलन

सामाजिक क्षेत्रमा सक्रिय माया नेपाली “बज्रयोगिनी साहसी दलित महिला सम्मान” बाट सम्मानित भएकी छन्।

सम्मान ग्रहण गर्दै माया नेपालीले यो सम्मान आफ्नो लागि केवल पुरस्कार नभई समाजले गरेको विश्वास, माया र जिम्मेवारीको प्रतीक भएको बताइन्। उनले सम्मानले खुसीसँगै थप उत्तरदायित्व पनि बोकेको उल्लेख गर्दै आगामी दिनमा अझ इमानदार, समर्पित र उत्तरदायी भएर समाजसेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरिन्।
“यो सम्मानलाई मैले उपलब्धि मात्र होइन, विश्वास र जिम्मेवारीको रूपमा ग्रहण गरेकी छु,” उनले भनिन्।

माया नेपालीले सम्मानका लागि आयोजक संस्था तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सम्मानले सामाजिक परिवर्तनका लागि काम गरिरहेका व्यक्तिहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने बताइन्।

उनलाई प्रदान गरिएको उक्त सम्मानले दलित महिला सशक्तीकरण तथा सामाजिक योगदानको कदर गर्दै सम्मानित गरेको जनाइएको छ।