केपि कुमार जलन
नेपाली लोकसंगीत क्षेत्रमा गायक तथा सर्जक प्रेम सापकोटा सोनुको नयाँ लोकगीत “बटौलीमा नुन, लंकामा सुन” सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
गीतमा प्रेम सापकोटा सोनु र चर्चित गायिका समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत प्रेम सापकोटा सोनुले नै सिर्जना गरेका हुन्। मौलिक लोकलय र नेपाली समाजको परिवेशलाई समेटिएको गीतले श्रोताको मन छुने प्रयास गरेको छ।
म्युजिक भिडियोमा सिम्किछ्या अधिकारी र प्रेम सापकोटा सोनुको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका हुन्। आकर्षक दृश्यांकन, उत्कृष्ट अभिनय तथा मौलिक प्रस्तुतिले भिडियोलाई थप जीवन्त बनाएको छ।
गीतको संगीत संयोजन सुनिल परियारले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीले गरेका हुन्। छायांकन दुर्गा पौडेल, सम्पादन तथा कलर नविन घर्ती मगरले गरेका छन्।
सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब तथा विभिन्न सामाजिक सञ्जालमा राम्रो चर्चा बटुल्न थालेको छ। लोकभाकाको मिठास र आधुनिक प्रस्तुतिको संयोजन रहेको “बटौलीमा नुन, लंकामा सुन” नेपाली लोकसंगीत प्रेमीहरूका लागि उत्कृष्ट सांगीतिक कोसेली बनेको छ।


















