केपि कुमार जलन
‘सानो मन नगर’ सार्वजनिक : कुलेन्द्र विश्वकर्मा र मेलिना राईको स्वरमा प्रेमिल लोकगीत बजारमा
नेपाली लोकसंगीतका लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र चर्चित गायिका मेलिना राई को नयाँ लोकदोहोरी गीत ‘सानो मन नगर’ सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
गीतमा नवराज पन्त को शब्द, बसन्त थापा को संगीत रहेको छ भने एचबिएन किस्मत ले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको भावले प्रेम, विश्वास र सम्बन्धमा देखिने मनोभावलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
भिडियोमा कुलेन्द्र विश्वकर्मा र जुना सुनार को अभिनय देख्न सकिन्छ। ग्रामीण परिवेश, रमणीय प्राकृतिक दृश्य र कलाकारहरूको जीवन्त प्रस्तुतीले भिडियो अझ आकर्षक बनेको छ। भिडियोको छायांकन बिवेक बीके ले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईं ले गरेका छन्। निर्देशन एकेन्द्र सराशंकर को रहेको छ।
लोक तथा आधुनिक शैलीको सुन्दर मिश्रण रहेको ‘सानो मन नगर’ ले प्रेमभावलाई सरल र मिठासपूर्ण ढंगले प्रस्तुत गरेको छ। कुलेन्द्र विश्वकर्मा र मेलिना राईको सुमधुर स्वरले गीतलाई अझ विशेष बनाएको छ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा यसको चर्चा बढ्दो क्रममा रहेको छ। लोकसंगीतप्रेमीहरूले यस गीतलाई आगामी दिनमा थप लोकप्रिय बन्ने अपेक्षा गरेका छन्।


















