केपि कुमार जलन
दक्षिण कोरिया — बागलुङ समाज दक्षिण कोरियाले आफ्नो स्थापनाको गौरवमय २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती विशेष मूल समारोह भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रम अन्तर्गत रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक प्रस्तुति सम्पन्न गरिएको हो। लामो समयदेखि प्रवासमा रहेर बागलुङेली समुदायको एकता, सहकार्य र सामाजिक गतिविधिलाई सशक्त बनाउँदै आएको समाजले आफ्नो २५ वर्षे यात्रालाई स्मरणीय रूपमा मनाएको हो।
यस अवसरमा समाजको इतिहास, संघर्ष, उपलब्धि तथा भावी दिशालाई समेटेर तयार गरिएको ऐतिहासिक दस्तावेज “बागलुङ–कोरिया सन्देश” रजत स्मारिका २०२६ औपचारिक रूपमा विमोचन गरिएको छ।
स्मारिकाले संस्थाको विगतदेखि वर्तमानसम्मका गतिविधिहरूलाई बुझ्न, अध्ययन गर्न तथा भविष्यका लागि मार्गदर्शन प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्मारिका प्रकाशनका लागि सूचना संकलन, भेरिफिकेसन तथा सम्पादनमा सक्रिय भूमिका निर्वाह गर्नुहुने यम श्रीष र दिल श्रीष मगर (नेपाल) प्रति विशेष आभार व्यक्त गरिएको छ। साथै स्मारिका प्रकाशन सहजीकरणमा संलग्न सम्पूर्ण टिमलाई समेत धन्यवाद ज्ञापन गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, कलाकार, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।
समाजले आगामी दिनमा पनि प्रवासी नेपाली समुदायको एकता, संस्कृति संरक्षण र सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।


















