एलिना चौहान र सज्जन बोहोराको ‘न त पोइको टेन्सन’ सार्वजनिक, चर्चामा आयो जोडी

कुमार जलन

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायिका एलिना चौहान र गायक सज्जन बोहोराको नयाँ गीत ‘न त पोइको टेन्सन’ सार्वजनिक भएको छ। प्रेम, रमाइलो र मौलिक नेपालीपनलाई प्रस्तुत गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ।

गीतमा सज्जन बोहोरा र एलिना चौहानको स्वर रहेको छ। रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सुनिल परियारले संगीत संयोजन गरेका छन्। गीतको ध्वनि मिश्रण विनोद परियारले गरेका छन् भने ओजोन रेकर्डमा रेकर्डिङ गरिएको हो।

गीतको भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ। प्रेमिल भाव, आकर्षक प्रस्तुति र मनोरञ्जनात्मक कथावस्तुले भिडियो थप रोचक बनेको छ।

सज्जन बोहोराको प्रस्तुतिमा तयार भएको गीतलाई पछिल्लो समयका लोकप्रिय गायिका एलिना चौहानको सुमधुर स्वरले थप आकर्षक बनाएको छ। दुई कलाकारको स्वर संयोजन र भिडियोमा देखिएको जोडीको प्रस्तुतिलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ।

गीतको नृत्य निर्देशन रोशन विश्वकर्मा, छायांकन अजय रेग्मी, सम्पादन प्रविन भट्ट तथा दृश्य निर्माणसम्बन्धी काम गालबन्दी प्रोडक्सनको रहेको छ।

‘न त पोइको टेन्सन’ले नेपाली संगीत बजारमा नयाँ स्वाद थप्दै सज्जन बोहोरा र एलिना चौहानको सांगीतिक सहकार्यलाई थप चर्चामा ल्याउने देखिएको छ।