रसुवामा आएको बाढीका कारण करिब ४०० पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले विभिन्न १० वटा ट्राभल एजेन्सीलाई उद्यृत गरेर उपलब्ध गराएको विवरण अनुसार आन्तरिक र बाह्य गरी ३८४ पर्यटक सम्पर्कविहीन भएका हुन्।
तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली भएको बोर्डले जनाएको छ। विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। कैलाश हिंडेका भारतीय पर्यटक बाढीका कारण सम्पर्कविहीन भएका हुन्।


















