एमाले का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ आज

नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।

मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुनेछ।