दुई दिनमै सुनको मूल्य ४ हजार बढीले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ।

मंगलबार सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेसँगै दुई दिनमा कुल ४ हजार ३०० रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सुनको मूल्य २ हजार १०० रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।