स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, दिगो र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी अघि बढाएको छ।
सरकारले स्वास्थ्य बीमाको सेवा प्रवाह सुधार, आर्थिक दिगोपना र बढी नागरिकलाई कार्यक्रममा समेट्ने लक्ष्य राखेको छ।
स्वास्थ्य उपचारमा सर्वसाधारणको आर्थिक भार कम गर्न सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय सेवा प्रवाह, भुक्तानी र व्यवस्थापनका विषयमा विभिन्न चुनौतीसँग जुधिरहेको छ।
ऐन संशोधनपछि कार्यक्रमको कार्यान्वयनमा कस्तो सुधार आउँछ भन्ने विषय महत्त्वपूर्ण रहनेछ।



















