निरन्तर वर्षा र तुँवालोले ताप्लेजुङको सुकेटार विमानस्थलमा लामो समयदेखी उडान अवरुद्ध

असार ५ : ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध रहेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङले जनाएको छ ।

पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ । प्रतिकूल मौसमका कारण गएको जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो ।

मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको बताइएको छ ।