नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर (विज्ञप्तिसहित)

असार ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुई जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

उनीहरुमध्ये १२ जना यातायात कार्यालयमै कार्यरत कर्मचारी र पाँच जना बिचौलिया हुन् । यातायातका कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर प्रकाश कार्की, कम्प्युटर अपरेटर रेजु भट्टराई, कम्प्युटर अपरेटर रोसन राजभण्डारी, कम्प्युटर अपरेटर श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर माया सेठी, कम्प्युटर अपरेटर रिचा श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको हो ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/oGVs5w.pdf”]