पुरुष हिंसा बारेमा पनि सोच्नु पर्ने बेला आएको छ : सांसद पाण्डे

असार ९ : नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसा बारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् ।

उनका अनुसार उजुरी परेपछि छानबिन गर्दा भएको के हो ? पत्ता लाग्ने भएकाले हदम्याद राख्न नुहने उनको तर्क छ ।