असार १० : संसदीय उपसमितिले पट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।संसदको तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिले गत मंगलबार गठन गरेको बजार अनुगमन उपसमितिको आजको बैठकले यस्तो निर्देशन दिएको हो ।
यस्तो छुट अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य सहज नभएसम्मका लागि कायम राख्न समेत उपसमितिले निर्देशन दिएको छ ।


















