श्रीमतीको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण

असार १० : अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

शुक्रबार दिउँसो जगंलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले काँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आफै प्रहरी चौकीमा पुगेको प्रहरीले जनाएको छ ।

उनले श्रीमती हत्या गरि सेउलाले ढाकछोप गरेको समेत बताइएको छ । थप अनुसन्धान गर्न प्रहरी घटना स्थलमा पुगेको छ ।