भारतमा कोरोना सङ्क्रमण दर बढ्दो, एकैदिन १५ हजार बढी नयाँ सङ्क्रमित फेला

असार ११ : भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दो रहेको छ । पछिल्लो पटक १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो ।

शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ ।कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ । कोराना संक्रमितको संख्या बढ्दै गएपछि फेरि चौथो लहरको चेतावनी दिइएको छ ।