नेपालमा पछिल्लो पटक २७ जनामा कोरोना संक्रमण पुष्टि

असार ११ : नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसंगै कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ५ सय १२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या १ सय ८८ जना रहेका छन् ।मन्त्रालयका अनुसार आज १६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७ हजार ३ सय ७२ जना रहेको छ ।