असार १५ : आज असार १५ : धान दिवस तथा दहीचिउरा खाने दिन । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।
सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् ।

















