बोक्सीको कुप्रथा हट्न सकेन, मलमूत्र खुवाएर बेहोस हुन्जेल कुटपिट गर्ने सासू–बुहारी पक्राउ

असार १५ : बोक्सीको नाममा अनेक यातना दिने कुसंस्कार अझै समाजबाट हटेको छैन । बिश्व आधुनिक प्रविधिमा रमाइरहदा नेपालमा भने अझैं पनि बोक्सीको आरोप लगाउने कुप्रथा हट्न सकेको छैन ।

बेलाबखत सार्वजनिक भइरहने यस्ता घटना पछिल्लोपटक सिरहामा पनि यस्तै भएको छ । बोक्सी भन्दै छिमेकी एक महिलालाई कुटपिट र मलमूत्र खुवाउने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडी टोलका ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह सासू–बुहारी हुन् ।उनिहरुले स्थानीय ६० वर्षीया आतिका देवी कामैतलाई बोक्सी भन्दै दिउँसो कुटपिट गरी मलमूत्र खुवाएको घटनापछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट पिडित महिला श्रीमती बेहोस भएकी थिइन् । उनि होसमा आएपछि प्रहरीलाई जानकारी गराएको पारिवारीक स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।