असार १५ : सप्तकोशीमा पानीको बहाव यसवर्षकै उच्चतम बिन्दुमा पुगेको छ । पानीको बहाव हिजोको तुलनामा आज झनै बढेपछि कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिए छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझसम्ममा प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी मापन गरिएको थियो । अहिले बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको प्रहरीले जनाएको छ ।
सन्दर्भटुडेसंग कुरा गर्दै त्यहाँका एक प्रहरी जवान भन्छन अब पानीको गतिमा कमी आउला भन्ने सम्भावना देखिदैन मनसुन सुरुभए संगै निरन्तर पानीको बहाव बढ्दै जाने हो त्यसमाथी यो बर्खायामको सिजन हो पानिको मात्रा दिनदिनै थपिदै जान्छ हामीले ७२ वटा ढोकामध्येमा ७०वटा सम्म ढोका खुल्ला गर्नुपरेको ईतिहास छ ।
मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ । झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।

















