असार १५ : बिहानै देखि सामाजीक संजालमा एउटा तस्विर चर्चामा छ ।

बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । अचानक उनको नजरमा आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्यो ।
दुवै मोटरसाइकलमा एउटै नम्बर थिए ,उनलाई सुरुमा आश्चर्य लाग्यो पछि केही हासोपनि पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।
त्यसपछि क्षेत्रीले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिने तस्वीर भाइरल भएपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।
गुर्जुधारास्थित यातायात कार्यालय ९मोटरसाइकल० का अनुसार तस्वीरको बायाँतर्फ देखिएको बजाजको पल्सर मोटरसाइकलको लागि सो नम्बर जारी भएको हो ।
तर बजाजकै एनएस मोटरसाइकलले पनि सोही नम्बर जडान भएको देखिएकोले तुरुन्त पक्राउ गरी ल्याउन ट्राफिक प्रहरीलाई पत्राचार गरिएको कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

















