असार १६: अहिलेसम्म देशभर २० प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ । विभागका अनुसार असार १५ सम्म झन्डै २० प्रतिशत रोपाइँ भएको हो ।
विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ भए पनि यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।
सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको छ । पूर्वमा अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । उता मल अभावको कारण प्रदेश २ मा भने रोपाइँ सुरु हुन सकेको छैन ।


















