पाँच वर्षीय बालिकालाई बलात्कार गर्ने किशोर पक्राउ

असार १७ : खोटाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । कपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

युवकले बालिकालाई मंगलबार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । साथै बिहीबार बिहान उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।