नेपालमा थप ४० जनामा कोरोना भाइरस संक्रमण

असार २० : नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ८ सय ३५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ सय ४८ जना रहेका छन । मन्त्रालयका अनुसार आज १९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७ हजार ५ सय ३५ जना रहेको छ ।

त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।