कृषकहरुको समस्या समाधान गर्न ६ बुँदे माग, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

असार २३ :  ललितपुरको महालक्ष्मी नगरपालिकाका किसानहरुले यथाशिघ्र मलको व्यवस्था गर्न माग गरेका छन् । उनिहरुले आज मेयर हरिगोविन्द श्रेष्ठको कार्यकक्षमा गई कृषकहरुको समस्या समाधान गर्न संयुक्त रुपमा विभिन्न ६ बुँदे माग राखेका हुन् ।

अखिल नेपाल किसान महासंघ, समाजबादी कृषि आन्दोलन र महालक्ष्मी नगरपालिका अन्र्तर्गतको कृषक समूह मूल समितिले आज नगरपालिकाका मेयरलाई भेटी कृषकका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

No description available.

उनिहरुले मलखादको सहज आपुर्ति यथाशिघ्र व्यवस्था गर्न, राजकुलो संरक्षण गर्न, कृषिभूमिको खण्डीकरण रोक्न माग गरेका छन् । यस्तै जलसाय क्षेत्रलाई सिचाँई पोखरी बनाउन, किसानको वर्गीकरण गरि किसान परिचयपत्रको व्यवस्था गर्न तथा किसान पेन्सनको कार्यान्वयन गर्न मेयर समक्ष माग गरेका छन् ।

No description available.

उनिहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मेयरको कार्यकक्षमा प्रवेश गरेका थिए । समाजबादी कृषि आन्दोलनका संयोजक अमृत वि.क, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषध्यक्ष पि.एन अधिकारी र कृषक समूह मूल समितिका अध्यक्ष रिता मानुषीले सो मागपत्र बुझाएका हुन् ।

No description available.

माग पूरा नभए आन्दोलन गर्ने उनिहरुले चेतावनी समेत दिएका छन् ।