असार ३१ : जुम्लाको पावर हाउसमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसामा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा पावर हावसका चौकीदार गोरखबहादुर राउतकी श्रीमती विमला राउत, ९ वर्षीय छोरा भरत र ७ वर्षीय अर्का छोरा सूर्यको ज्यान गएको हिमा गाउँपालिकाले जनाएको छ।
राति १ बजेतिर पावर हाउसमा पहिरो गएको थियो। उनीहरु सुतिरहेको बेला पहिरो गएको थियो। तीनै जनाको घटनास्थलमै ज्यान गएको गाउँपालिकाले जनाएको छ ।



















