विष्णुमतीमा हामफालेका पुरुषको सकुशल उद्धार

काठमाडौंको विष्णुमती नदीमा हामफालेका एकजना पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ। आइतवार राति साढे ७ बजेको समयमा काठमाडौंको बालाजु चोकनजिकै विष्णुमती पुलबाट हामफालेका ४५ वर्षीय पुरुषको प्रहरीले सकुशल उद्धार गरेको हो।

तत्कालै प्रहरी टोली गएर उनलाई सकुशल उद्धार गरी तत्काल उपचारको लागी वीर अस्पताल उपचारका लागि भर्ना गरिएको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेकाले नाम, ठेगाना र खोलामा हामफाल्नुको कारण खुलिनसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।