सरकारले प्रतिनिधि सभाबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन्। यसै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राष्ट्रपतिको निर्णयलाई स्वागत गरेका छन्।
‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ। राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ’, अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब संसदले हठ प्रदर्शन नगरोस्।ढिलो गर्ने काम सरकारले गरेको हो। अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ।’
















