पीसफोर दलित फाउन्डेसनले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा दलित समुदायसँग छलफल तथा अन्तक्रिर्या कार्यक्रम गरेको छ। कार्यक्रममा दलित हकहित तथा अधिकारका विषयमा छलफल भएको थियो।
दलित अधिकार दबाब समूहका अध्यक्ष रामचन्द्र रामको अध्यक्षतामा भएको कार्यक्रममा जीराभवानी गाउँपालिका ४, सुपौलीको वडा अध्यक्ष राजेश्वर थारू प्रमुख अतिथि थिए।
दलित महिला सदस्य कोसिलिया देवी राम , संस्थाको उपाध्यक्ष चन्द्रकिशोर राम , सदस्य पारमानन्द राम , सुरेन्द्र पासवान , अशोक राम र सन्जोग राम र शिव राम र दलित अगुवा तथा, महिलाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण दलित फाउन्डेसन नेपालका अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज रामले गरेका थिए।

कार्यक्रम मधेश प्रदेश र युआरआई , स्माईलफोर मिलियनस, परिवर्तनको लागि सहकार्य , युनाइटेड नेसन काठमाडौं , दिप नेपालको संयुक्त सहकार्य र समन्वयमा पर्सा जिल्लाको जिराभावानी गाउँपालिका वडा ४, सुपौलीको दलित बस्तीमा ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको हो।
सन् २०२२ को अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा जातिवादको अन्त्य गर्नुहोस् , शान्ति निर्माण गर्नुहोस् रहेको छ। कार्यक्रममा जबसम्म समाजको जातिवाद , जातीय विभेद , छुवाछूत तथा दलित सामाजिक स्वतन्त्रता , सामाजिक न्याय हुँदैनन् तब समाजमा शान्तिको वातावरण हुँदैन भन्ने विषय उठान भएको थियो।

त्यस्तै कार्यक्रमका सहभागीहरूले सबै मिलेरमात्रै जातिवादको अन्त्य गर्न सकिने धारणा पनि राखेका थिए।
पिसफोर दलितस फाउन्डेसनको उपाध्यक्ष चन्द्रकिशोर रामले भने, …दलितको अधिकार सुनिश्चित हुँदैनन् , राज्यले , प्रदेशले , स्थानीय सरकारले संविधान तथा अन्तर्राष्ट्रिय कानुन अनुसार हुँदैन भन्ने शान्तिरुपले हामी गाउँ गाउँ बस्ती बस्ती बाट दलित जनआन्दोलन गर्ने बाध्य हुनेछौँ। एक सहभागी दलित महिला शान्ति देवी मुसहरीन ज्युले दलितको अधिकार सुनिश्चित तथा छुवाछूत अन्त्य नभए सम्म समाजमा शान्ति हुनेछैन।Ú
एक कार्यक्रमका अर्का वक्ता फाउन्डेसनको सदस्य दलित नेता पारमानन्द रामले शिक्षा, सशक्तिकरण तथा समानता भएमात्रै देशमा शान्तिको अवस्था सृजना हुने बताए।
उनले भने, …दलितको लागि शिक्षा , सशक्तीकरण , सामनता तथा दलितको लागि शान्ति नभए सम्म समाज र देशमा शान्तिको संस्कार र अवस्था सृजना हुनेवाला छैनन्।Ú
प्रमुख अतिथि वडा अध्यक्षले दलितस फाउन्डेसनलाई धन्यवाद दिए। दलित समुदायको अधिकार र सेवा र शान्तिको लागि सधैँ लागिरहने उनको भनाइ छ।
सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा सुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।
सन् २००२ मा भएको संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।



















