घुस रकमसहित पक्राउ परेका सईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) देवकीलाल चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ जटहीस्थित पसलका सञ्चालकसँग पसल सञ्चालन गर्न महिनावारी रूपमा घुस लिँदै आएका चौधरीलाई ४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत कात्तिक १७ गते रंगेहात पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा चौधरीले यसभन्दा पहिले पनि सोही व्यवसायीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको थप कुरा खुलेको अख्तियारले जनाएको छ ।