तराईमा बाक्लो हुस्सु, सडक तथा हवाई यातायातमा असर

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । उसले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ ।

भोलि शनिबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, पुस २४ गते आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ ।