यस्तो रहनेछ आजको मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसाे देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ ।