कावासोतीमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु

मंसिर २३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा आज बिहान गैंडाको आक्रमण बाट ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट मृत्युु हुनेमा कावासोती–१५ शेरगञ्जका रेशमलाल महतको रहेका छन ।आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।

पछिल्लो राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैँडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका छन् ।