चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

काठमाडौं, असार ७ । चीनको यिनचुआन शहरको एक बारविक्यू रेष्टुरेन्टमा विस्फोट हुदाँ कम्तिमा ३१ जनाको ज्यान गएको छ ।

निङ्गसियास्थित सो रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

ग्यास ट्यांक विष्फोट भएर थप सात जना गम्भीर घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।

घटनाप्रति दुख ब्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

यसैबीच प्रहरीले सो विस्फोटको घटनापछि नौ जनालाई नियन्त्रणमा लिएको छ । त्यसमा सो रेष्टुरेन्टका मालिक समेत रहेको बीबीसीले जनाएको छ ।