१९ औं एसियाली खेलकुद :पाकिस्तानलाई हराउँदै अफगानिस्ता भारत क्रिकेट फाइनलमा, उपाधिका लागिसँग भिड्ने

काठमाडौं, असोज, १९ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटको उपाधिको लागि अफगानिस्तान र भारत भिड्ने भएका छन् ।

पाकिस्तानलाई हराउँदै अफगानिस्तानले फाइनलमा भारतसंगको भेट पक्का गरेको छ ।

अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।