अभियन्ता पुण्य गौतममाथि रड प्रहार

काठमाडौं, असोज २२ । सामाजिक अभियन्ता पुण्य गौतममाथि रड प्रहार भएको छ ।

हिजो राति सवा ९ बजे जोरपाटीमा आफ्नै घरनजिकै गौतममाथि सांघातिक आक्रमण भएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको प्रहरीले जनाएको छ ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ ।