माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, कार्तिक १ गते । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको छ ।

बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको बताइएको छ ।

हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको छ ।