काठमाडौंको एक पसलमा आगलागी

काठमाडौं, कार्तिक १६ । काठमाडौंको एक पसलमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलागी भएको हो ।

आगलागीबाट चार लाखभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।